Mon. May 20th, 2024

विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु: प्रचण्ड

फाइल फोटो

काठमाडौं, २०७७ फागुन २२ गते शनिबार

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्नुभएको छ। अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उहाँले बताउँनु भयो । शनिबार नेकपा पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव समूहका केही नेताहरुलाई पनि पार्टी प्रवेश गराउनु भएको छ । ‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु’ उहाँले भन्नुभयो, छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’

अनलाईन खखरका अनुसार विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको उहाँले स्मरण गर्नुभयो । अहिले विप्लव आफूले हिँडेकै बाटोमा आएकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिममा आउनैपर्छ ।’

Facebook Comments