Tue. Apr 23rd, 2024

चीनले नेपाललाई थप आठलाख डोज खोप उपलब्ध गराउने

काठमाडौं, २०७७ फागुन १८ गते मंगलबार

चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । चिनियाँ दुतावासले सोमबार विज्ञप्ती जारी गर्दै थप सहुलियत अनुदानमा खोप दिने बताएको हो ।

यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।  सिनोफार्मले उत्पादन गरेको खोप दिने चीनले घोषणा गरेको हो ।

यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ । फागुन २३ देखि नेपालमा ५५ वर्षमाथिका नागरिकले खोप लगाउँदैछन् ।

Facebook Comments