Sun. May 19th, 2024

प्रधानसेनापतीद्वारा कोरोना खोप ग्रहण

काठमाडौं, २०७७ फागुन १७ गते सोमबार

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड-१९(कोरोना भाइरस)विरुद्धको खोप लगाउँनु भएको छ । प्रधानसेनापति थापाले सोमबार काठमाडौँ छाउनीस्थित वीरेन्द्र अस्पतालमा कोरोना खोप लगाउँनु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत फ्रन्टलाइनमा रहेकाहरूलाई कोरोना खोप लगाइएको थियो भने दोस्रो फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथि उमेरकालाई लगाउने सरकारले तयारी गरेको छ ।

Facebook Comments