Sun. May 19th, 2024

राष्ट्रपतिद्वारा फागुन २३ गतेको लागि संसद् अधिवेशन आह्वान

काठमाडौं, २०७७ फागुन १७ गते सोमबार

 राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ । सरकारको सिफारिसअनुसार उहाँले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभएको छ ।

शुक्रबार बसेको क्याबिनेट बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएपनि ढिलागरी पत्र पठाइएको छ । संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ ।

Facebook Comments