२०८३ श्रावण २५, सोमवार

नेकपा विप्लव समुहसँग छिट्टै वार्ता हुने प्रधानमन्त्री ओलीको दाबी

       

काठमाडौं, २०७७ फागुन १७ गते सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने र त्यो वार्ता सफल हुने बताउनुभएको छ । ‘तपाईंहरुले केही दिनमा नै टेलिभिजनको पर्दाबाट समस्या समाधान भएर खुशी साटासाट गरेको देख्न सक्नुहुनेछ’, ओलीले भन्नुभयो ।

आईतबार झापाको कमल गाउँपालिका ६ झर्कामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले विप्लवसँग वार्ता हुने र त्यो वार्ता सकारात्मक हुने बताउनुभएको हो । दीगो शान्ति स्थापनाका लागि सरकार दृढ रहेको जनाउँदै केही समस्याहरु भएको भए त्यो पनि समाधान हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

सो क्रममा प्रधानमन्त्री ओलीले ५ बर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताउनु भएको छ । सरकारले २८ फागुन २०७५ देखि नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ ।

ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विप्लव समुह सँग वार्ताका लागि पहल गर्नु भएको थियो ।

Facebook Comments