Fri. Apr 19th, 2024

नेकपा विप्लव समुहसँग छिट्टै वार्ता हुने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं, २०७७ फागुन १७ गते सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने र त्यो वार्ता सफल हुने बताउनुभएको छ । ‘तपाईंहरुले केही दिनमा नै टेलिभिजनको पर्दाबाट समस्या समाधान भएर खुशी साटासाट गरेको देख्न सक्नुहुनेछ’, ओलीले भन्नुभयो ।

आईतबार झापाको कमल गाउँपालिका ६ झर्कामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले विप्लवसँग वार्ता हुने र त्यो वार्ता सकारात्मक हुने बताउनुभएको हो । दीगो शान्ति स्थापनाका लागि सरकार दृढ रहेको जनाउँदै केही समस्याहरु भएको भए त्यो पनि समाधान हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

सो क्रममा प्रधानमन्त्री ओलीले ५ बर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताउनु भएको छ । सरकारले २८ फागुन २०७५ देखि नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ ।

ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विप्लव समुह सँग वार्ताका लागि पहल गर्नु भएको थियो ।

Facebook Comments