Tue. Apr 16th, 2024

सपनाहरू रोपिरहेछु !

- वालकृष्ण दाहाल

काठमाडौं, २०७७ फागुन १५ गते शनिबार 

सपनाहरू रोपिरहेछु!

सपनाको बिस्कुन उठाएर,
भकारी भरें,
र, झोलामा दुई माना खुसि बोकेर,
बेहेरे खोला हुँदै झरें।

त्यो बेला म-
ठूलो रुखबाट,
बुबा खेलेको आँगन बिरानो बनाइ,
मेरा आफन्तहरु छोडेर,
सपना बिपना बनाउँन र सप्तरङी सपना बुन्न,
पोथ्रामा सरेको थिएँ!

आज तिनै सपनाहरुले,
प्रश्न गर्छन:-
के सपना सपनाहरुका सपना हुन?

त्यसैले,
त्यही सपनाहरुको सपना कोर्न,
बर्तमानमा पनि,
सपनाहरु रोपिरहेछु!!

Facebook Comments