Wed. May 1st, 2024

उच्च अदालत बार एशोसिएशन विराटनगरमा प्रचण्ड-नेपाल समूह प्यानलसहित विजयी

काठमाडौं, २०७७ फागुन १४ गते शुक्रबार

उच्च अदालत बार एशोसिएशन विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका उम्मेदवारहरुको प्यानल निर्विरोध विजयी भएको छ । बारको १३औँ कार्यसमिति निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउँनु भएका हरिबहादुर बरालले उम्मेद्वारी फिर्ता लिएपछि अध्यक्ष पदका अर्का उम्मेदवार नारायण प्रसाद दाहाल निर्विरोध विजयी हुँनुभएको हो ।

त्यसैगरि सहसचिव  पदमा उम्मेद्वारी दर्ता गराउँनु भएका रुक्मिणा दाहालले उम्मेद्वारी फिर्ता लिएपछि सह-सचिव  पदका अर्का उम्मेदवार कला त्रिताल निर्विरोध विजयी हुँनुभएको हो ।

कार्यसमितिमा उपाध्यक्ष पदमा अनिल खड्का, सचिवमा प्रेमकुमार घिमिरे  र कोषाध्यक्षमा महेशकुमार खड्का निर्विरोध विजयी हुँनुभएको छ । यसैगरी सदस्यहरूमा विनोदकुमार तिम्सिना, यागेन्द्र काफ्ले, पुरुषोत्तम दाहाल, मोहनप्रसाद ओझा, दीपककुमार बुढाथोकी, माया अधिकारी, सागर घिमिरे र मयुर अग्रवाल निर्विरोध  विजयी हुँनुभएको छ ।

त्यसैगरी केन्द्रीय पार्सदमा चण्डीप्रसाद पराजुली, राजेन्द्रकुमार सुनार र कुवेर कार्की निर्विरोध  विजयी हुँनुभएको  निर्वाचन समितिका संयोजक कुमार भट्टराईले जानकारी दिनुभयो । बारको निर्वाचित नेतृत्वको घोषणा फागुन १५ गते गरिनेछ । श्रोतका अनुसार नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दिने रुक्मिणा दाहाल र सन्नि कुमार शाह नेकपा ओली समूह निकट  हुँनुहुँन्छ ।

Facebook Comments