Fri. May 3rd, 2024

गरिबी विरुद्धको लडाईंमा चीन बिजयी भएको घोषणा

काठमाडौं, २०७७ फागुन १३ गते बिहीबार

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्ले फेब्रुअरी २५ तारिख भब्यताका साथ गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोहको आयोजना गरेका छन्। चीनका सर्वोच्च नेता तथा राष्ट्राध्यक्ष सी चिनफिङले समारोहमा महत्वपूर्ण सम्बोधन गर्दै ८ वर्षसम्म चलेको गरिबी निवारण लडाईंबाट बिजयी भएको घोषणा गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता चीनले मानव जातिको इतिहासमा सबैभन्दा ठूलो परिधि तथा सशक्त रूपमा गरिबी निवारण कार्यक्रम चलाएको छ। ८ वर्षमा ८३२ वटा गरिब जिल्लाहरू र १ लाख २८ हजार वटा गरिब गाउँहरूलगायत लगभग १० करोड गरिब जनता गरिबीबाट मुक्त भएका छन्। यसलाई मानव जातिको गरिबी निवारण इतिहासमा चमत्कार मानिन्छ। साथै चीनले गरिबी निवारण कार्य संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास कार्यक्रमको निश्चित लक्ष्यभन्दा १० वर्ष अघि नै पूरा गरेको छ।

आठ वर्षको अवधिमा चीनका ८३२ वटा गरिब जिल्ला र १ लाख २८ हजार गरिब गाउँ गरिबीबाट मुक्त भएका छन्। वर्तमान मापदण्ड बमोजिम ग्रामिण क्षेत्रका करिब दश करोड चिनियाँ नागरिक गरिबीबाट मुक्त भएका छन्। नयाँ युगमा गरिबी निवारणको लक्ष्य समयमै पूरा भएको छ। मानवइतिहासमा यो पहिले कहिल्यै नभएको महान उपलब्धि हो। यसलाई चिनियाँ विशेषतायुक्त गरिबीमुक्त मार्ग भनिन्छ। सीआरआईका अनुसार चीनका सर्वोच्च नेता सी चिन फिङले गरिबी निवारण महाअभियानको निर्देशन गरी योजनाबद्ध रुपमा अनुगमन गर्नुभएको थियो ।  आठ वर्षको अवधिमा उहाँले चीनका १४ वटा अति विपन्न क्षेत्रको भ्रमण पनि गर्नुभएको थियो।

default
Facebook Comments