Wed. Apr 24th, 2024

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाखभन्दा बढी

काठमाडौं, २०७७ फागुन ११ गते मंगलबार

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ५ लाखले नाघेको छ। एबीसी समाचारले जोन हप्किङ विश्वविद्यालयको तथ्याङ्क उल्लेख गर्दै जनाए अनुसार विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २४ लाख ६२ हजार नाघेको छ। आइतबार मध्यरातसम्ममा अमेरिकामा पाँच लाख ७ सय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हालसम्म अमेरिकामा २ करोड ८२ लाख ६ हजार ६ सय व्यक्तिमा संक्रमण देखिएको छ। हाल आएर दैनिक संक्रमितको संख्या भने सरदर केही घटेको छ।

Facebook Comments