Tue. May 21st, 2024

पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा सर्वोच्चले प्रमाण बुझ्ने आदेश

काठमाडौं, २०७७ फागुन २ गते आईतबार

चर्चित ललितानिवासको सरकारी जग्गा गैरकानुनी ढङ्गले व्यक्तिको नाममा कायम गरिएको विषयमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा सर्वोच्च अदालतले प्रमाण बुझ्ने आदेश गरेको छ ।

सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासबाट सो उत्प्रेषणको आदेश भएको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उहाँहरूविरुद्ध मुद्दा नचलाइ उन्मुक्ति दिएको भन्दै आयोग र महान्यायाधिवक्ताको कार्यालयसमेतलाई विपक्षी बनाइ रिट दायर गर्नुभएको थियो ।

Facebook Comments