Sat. May 4th, 2024

चाईना मिडिया ग्रुपद्वारा प्रसारित नव वर्ष स्वागत कार्यक्रम हेर्न दर्शको संख्या एक अरब भन्दा बढि

काठमाडौं, २०७७ माघ ३० गते शुक्रबार

फेब्रुअरी ११ तारिखको साँझ ८ बजे, चिनियाँ केन्द्रीय रेडियो र टेलिभिजन स्टेशन अर्थात सिएमजीद्वारा “सन् २०२१ सांगीतिक गाला” प्रत्यक्ष प्रसारण भएको छ। उल्लासपूर्ण, शुभ, न्यानो वातावरणमा, गायन र नृत्यसँगै  संवाद, नाटक, मार्शल आर्ट र जादू जस्ता विभिन्न कार्यक्रमहरू आयोजित भएका छन्।

उज्ज्वल रंगमत्र्च र आधुनिक उच्च-प्रविधिमा सम्पूर्ण गालालाई चिनियाँ कम्युनिष्ट पार्टी निर्माणको शताब्दी, गरीबी उन्मुलन, चिनियाँ सपना र महामारी रोकथाम तथा नियन्त्रणको विषयवस्तुमा स्पष्ट र गहन रूपमा प्रस्तुत गरिएकोछ।

सम्पूर्ण गालाले सुविचार, कलापूर्ण, प्रशंसनीय र नवीनताको एकतालाई ध्यानमा राखेको छ। दर्शकहरू र मिडियाले सन् २०२१ को सांगीतिक गालालाई समयमै “गहन सोच, भावनात्मक तापमान र कलाको नयाँ उचाइ” भनी प्रशंसा गरेका छन्।

प्रारम्भिक तथ्यांकका अनुसार ११ तारिख मध्यरातिसम्ममा सीएमजीको संगीतिक गालाको प्रत्यक्ष प्रसारणको दर्शकको कुल संख्या १ अर्ब ११ करोड पुगेको छ। ती मध्ये नयाँ मिडिया प्रत्यक्ष प्रसारण प्रयोगकर्ताको संख्या ५६ करोड ९० लाख छ। अमेरिका, फ्रान्स, जर्मनी, इटली, रसिया, जापान, ब्राजिल, अष्ट्रेलिया, भारत, युएई, मलेसिया र दक्षिण अफ्रिकालगायत १७० भन्दा बढी देश र क्षेत्रका ६०० भन्दा बढी मिडियाले यो गाला प्रसारण गरेका छन्।

Facebook Comments