Sun. May 19th, 2024

चीनमा आयोजना गरिने २०२१ वसन्त गालामा नयाँ नयाँ प्रविधिको प्रयोग गरिने

काठमाडौं, २०७७ माघ २६ गते सोमबार

चीनको राजधानी पैचिंगमा  फेब्रुअरी ७ तारिख २०२१ वसन्त गाला पत्रकार सम्मेलन आयोजित भएको छ। सम्बद्ध जिम्मेवार व्यक्तिले यस पटकको गालामा नयाँ नयाँ आकर्षक कार्यक्रमहरू र प्रविधिको प्रयोग गरिने जानकारी दिएका छन्।

वसन्त चाडको अवधिमा विश्वमा रहेका चिनियाँ मूलका विदेशी तथा चिनियाँहरूको लागि भव्य सांस्कृतिक भोजको रूपमा २०२१ स्प्रिङ गाला गरिने छ। सो गालामा प्रदर्शित नाचहरू स्प्रिङ गालाको इतिहासमा सबभन्दा बढी हुनेछन्। गायन र टक शो कार्यक्रमहरूबाट सुखमय जीवनप्रति मानिसहरूको अपेक्षालाई देखाइने छ। चिनियाँ कारक तत्व, जातिय विशेषता, क्षेत्रीय संस्कृति तथा विश्वको रङ्गीन सभ्यताको सौन्दर्य यसै गालामा देखाइने छ।

संस्कृतिको भोज मात्र होइन यस पटकको गालामा 5G+4K/8K+AI लगायत विज्ञान तथा प्रविधिको प्रयोग पनि गरिने छ। साथै यस पटकको गाला अमेरिका, फ्रान्स, जापान, भारत, मलेशिया लगायत विश्वका १७० वटा मुलुकका ६०० संचारमाध्यममार्फत् पनि प्रत्यक्ष प्रसारण वा रिपोर्ट गरिने छ।

Facebook Comments