Mon. May 6th, 2024

डाएबिटीज जागरुकता सम्बन्धि कार्यक्रम सम्पन्न

न्यूयोर्क, २०७७ माघ २२ गते बिहीबार

लायन्स क्लब अफ क्विन्स बुद्ध ले डाएबिटीज जागरुकता सम्बन्धि एक सफल कार्यक्रम सम्पन्न गरेको छ। जनवरी ३१ मा भर्चुअल माध्यमबाट सम्पन्न भएको सो कार्यक्रम मा चिकित्सा क्षेत्रका ३ वरिष्ट विशेषज्ञहरु डा नम राज शर्मा पण्डित, डा अश्रु नेउपानॆ र डा क्रिपेश सुबेदी ले आजको जीवन शैली मा डाएबिटीज रोग बाट बच्न को लागि धेरै परामर्शहरु दिनुभएको थियो।

सो अवसरकम चिकित्सा विशेषज्ञहरुले डाएबिटीज बाट हुने रोगहरु को बारेमा बिस्तार मा व्याख्या गर्दै समय मा सचेत रहे मा यो रोगबाट बच्न सक्ने कुरा बताउनु भयो। लायन्स क्लब अफ क्विन्स बुद्ध का निवर्तमान अध्यक्ष लायन अर्जुन गौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सोहि क्लबका पूर्व अध्यक्ष लायन बेगम पण्डित ले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बीर अस्पतालका पूर्व चिकित्सक डा नम राज शर्मा पण्डितले डाएबिटीज रोग लाग्नुभन्दा पहिले खासै लक्षणहरु को अनुभव नहुनेहुदा प्रत्येक व्यक्तिले नियमित रगत परिक्षण र मुत्र परिक्षण गराईरहनु पर्ने कुरामा जोड दिनु भयो। डाएबिटीजको कारण नेपालमा मृगौला रोगीहरुको संख्या दिन प्रतिदिन बढिरहेकोमा डा शर्मा पण्डित ले चिन्ता व्यक्त गर्नुभएको थियो।

ओम हस्पिटल रिसर्च सेन्टर काठमाडौंका डा अश्रु न्यौपानेले सन्तुलित भोजनबाट डाएबिटिज लाई हराउन सकिने कुराको जानकारी दिनु भयो। आफुलाई तनाब रहित राख्ने, आफ्नो शरीर को बजन नियन्त्रणमा राख्ने र खाना खाने समय नियमित राख्ने कुरामा पनि डा न्यौपानेले दिनुभयो।

सेन्ट मेरी मर्सी हस्पिटल मिशिगनका आन्तरिक मेडिसिन विशेषज्ञ डा क्रिपेश सुबेदीले डाएबिटिज जस्तो रोगबाट बच्न आफ्नो स्वास्थ्य प्रति सजग रहनुपर्ने, हप्तामा पाच दिन, प्रत्येक दिन आधा घण्टा व्यायाम गर्नुपर्ने र प्रत्येक वर्ष कलस्ट्रल चेक गराइरहनु पर्ने कुरा मा प्रकाश पार्नु भयो।

कार्यक्रम मा लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक 20-K1 का वाइस गभर्नर लायन अन्थोनी कोचरान ले एस्तो महत्वोपुर्ण कार्यक्रम प्रस्तुत गरेकोमा लायन्स क्लब अफ क्विन्स बुद्ध लाई धन्यवाद दिदै लायन्स क्लब इन्टरनेश्नलले विश्व समुदायलाई डाएबिटीज को रोग बाट बचाउन विभिन्न कार्यक्रम हरु संचालन गर्दै आइरहेको कुरा बताउनुभएको थियो। डिस्टिक 20-K1 का अथितिको रूपमा एलिन र लियोले मन्तव्य दिनु भएको थियो ।

कार्यक्रम को अन्तमा लायन्स क्लब बुद्धका वर्तमान अध्यक्ष लायन रीमाया नेपालीले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिदै कार्यक्रमले समुदायका धेरै मानिसहरुलाई फाईदा पुर्याएको आशा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा दर्शकहरुद्वारा सोधिएका जिज्ञासाहरु को पनि उत्तर चिकित्सकहरुले सरल भाषामा दिनुभएको अमेरिकाको न्यूयोर्कबाट हाम्रा सम्वाददाता कृष्ण आचार्यले जानकारी दिनु भएको छ ।

Facebook Comments