२०८३ आश्विन २२, बिहीवार

नेपाल बन्दको विरोधमा माइतीघरमा सचेत नागरिकको प्रदर्शन

       

काठमाडौं, २०७७ माघ २२ गते बिहीबार

स्वतन्त्र सचेत नागरिकको व्यानर लिएर बन्द विरोधी नागरिकहरु माइतीघर मण्डलामा आएर प्रदर्शन गरेका छन् । ‘नेपाल बन्द छैन, नेपाल खुला छ’ लेखिएको व्यानरसहित प्रदर्शन गरिरहेका छन् ।

‘जनतालाई दुःख दिने नेता हाम्रो कसरी ? नेता तिम्रो पाराले दुःख पाए साराले, बन्द केका लागि ?? नेपाल खुला छ’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर सचेत नागरिकको टोली माइतीघर मण्डलामा प्रदर्शन थालेको छ । बन्द, हडतालले देश र नागरिकको कहीं कतै हित नगर्ने भन्दै ती नागरिकहरुले बन्दलाई सदाका लागि बन्द गर्न बन्दकर्तालाई आग्रह गरेका छन् ।

उता प्रचण्ड-माधव पक्षका नेता कार्यकर्ताहरुले मुख्य चोकमा भेला भएर बजार, यातायात बन्द गराउँदै हिडेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसमेत बन्द गराउन सडकमा ओर्लनुभएपछि बन्दकर्ताहरु हौसिएका छन् । सुरक्षाकर्मीले नागरिकलाई सास्तीलाई ध्यान दिंदै अप्रिय घटना नहोस् भन्नेमा सचेत्ता अपनाइरहेका छन् । गोरखापत्र

Facebook Comments