चीन, रुस र अमेरिकाका राष्ट्रनायकहरूको भेटवार्ताको अग्रगामी अर्थ रहनेः चिनियाँ परराष्ट्र मन्त्रालय
विदेश मन्त्रालयका प्रवक्ता माओ निङ
पैचिङ । चीनको परराष्ट्र मन्त्रालयले चीन, रुस र अमेरिकाका राष्ट्रनायकहरूको भेटवार्ताको अग्रगामी अर्थ रहने बताएको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले हिजो (नोभेम्बर १६ तारिख) पैचिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो विचार व्यक्त गर्नुभएको हो ।
माउ निङले चीन, रुस र अमेरिका गरी तीन वटा मुलुकका राष्ट्रानायकहरूले आमने-सामने भेटवार्ता गर्नुहुने यो पहिलो पटक भएको र उहाँहरूले विश्व शान्तिको संरक्षण र ठूला मुलुकहरूको सम्बन्धको रणनीतिक स्थिरताको प्रबर्द्धनबारे वैचारिक आदान-प्रदान गर्नुहुने भएकाले यो भेटवार्ताको अग्रगामी अर्थ रहने कुरा बताउनुभयो।
माउ निङकाअनुसार, हालको परिस्थितिमा तीन मुलुकले सहकार्यमार्फत विश्वव्यापी चुनौतीको सामना गर्ने, विश्वको शान्ति तथा स्थिरता बढाउने महत्वपूर्ण दायित्व वहन गरेका छन्। चीन, रुस र अमेरिकाले आदान-प्रदान बढाउनु, विवादको नियन्त्रण गर्नु र सम्बन्धलाई स्थिर पार्नु तीन मुलुकको हितसित अनुकूल भएको अन्तर्राष्ट्रिय समाजको अपेक्षा हो। सिजिटिएन

