२०८३ कार्तिक ६, शुक्रवार

रास्वपा का सभापति लामिछाने भारत जाँदै   

       

काठमाण्डू । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थयात्राका लागि भारत जान लाग्नुभएको छ । उहाँ तीन दिने भ्रमणका लागि आज भारत जाने हुनुभएको उहाँको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्नुहुने र यो उहाँको निजी भ्रमण रहेको उल्लेख छ । रासस

Facebook Comments