२०८३ आश्विन ३१, शनिवार

मधेस प्रदेश सरकारबाट एमालेका चारजना मन्त्रीद्वारा राजीनामा

       

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का चारजना मन्त्रीले राजीनामा दिनुभएको छ ।

एमाले संसदीय दलको निर्देशनअनुसार श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले शुक्रबार राजीनामा दिनुभएको हो ।

चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा पत्र बुझाउनुभएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिनुभयो ।

मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन सरकार छ ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको छ । रासस

Facebook Comments