२०८३ आश्विन ३०, शुक्रवार

कात्यायनी देवीको पूजाआजा गरिँदै

       

काठमाण्डू । नेपालीहरुको महान् चाड बडादशैंको छैठौं दिन आज शक्तिपीठ, देवीमन्दिर र घर घरका पूजाकोठाहरुमा माता कात्यायनी भगवतीको पूजा आराधना गरिँदै छ ।

नवदुर्गाको छैटौं दिन शक्तिस्वरुपा देवी कात्यायनीको पूजा गरिन्छ । कात्यायनी देवीलाई साहसको प्रतीक मानिन्छ । कात्यायनी देवीको उपासना र आराधना गर्नाले साहस प्राप्त हुने शास्त्रीय कथन रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।

यसैबीच देशका विभिन्न देवी मन्दिर तथा शक्तिपीठहरुमा बिहान सबेरैदेखि पूजाआराधनाका लागि दर्शनार्थीहरुको घुईचो लागेको छ ।

Facebook Comments