Mon. May 6th, 2024

काठमाडौंको तारकेश्वरमा बर्डफ्लु देखियो

काठमाडौं, २०७७ माघ १८ गते आईतबार

काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लुु फेला परेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका-७, साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की, हाँस मर्न थालेपछि त्यसलाई परीक्षण गराउँदा बर्डफ्लु भएको पुष्टि भएको पशुु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी गराउनुभयो ।

त्यहाँका स्थानीय पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा शुक्रबार बर्डफ्लुु फेला परेको हो । बर्डफ्लु पुष्टि भएपछि विभागले एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको छ ।

रोग पुुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल सो क्षेत्रलाई नियन्त्रणमा लिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशुु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको प्रवक्ता ढकालले बताउनुुभयो । यो बर्डफ्लु कहाँबाट सरेको हो भन्ने फेला पार्न नसकिएको प्रवक्ता ढकालले बताउनुुभयो ।

भारतबाट सरेको भए पहिला सीमा क्षेत्रमा देखिनुुपर्ने थियो भन्दै उहाँले तर एकैपटक काठमाडौँमा नै देखिएकाले यसको स्रोत के हो भन्नेबारे अध्ययन भइरहेको उहाँले जानकारी दिनुुभयो । भारतमा बर्डफ्लुु फेला परेपछि नेपालमा नफैलियोस् भनी सरकारले देशैभर सतर्कता अपनाएको थियो ।

रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरी शनिबार रोग पूर्ण रूपमा नियन्त्रण गरिएको विभागले जनाएको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्रै गर्न, गराउन आग्रह गर्दै विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, गराउन आग्रह गरेको छ । सम्पूर्ण पन्छीपालक कृषकको फार्म परिसरमा नियमित रूपमा निसङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनसमेत आग्रहगरेको छ ।

कुुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशुु सेवाका निकायमा सूचना गर्न आग्रहगरिएको छ ।

Facebook Comments