२०८३ आश्विन २६, सोमवार

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चारवटा हेलिकोप्टर परिचालन

       
  • नेपाली सेनाका चार हेलिकोप्टरबाट उद्धार कार्य जारी ।
  • जगत्, न्याक्फेदी, यारु र पायुबाट ३६ जनाको उद्धार ।
  • उद्धार गरिएकामा एक शिशु र एक विदेशी नागरिक ।

भिओके समाचार/काठमाण्डू । बूढीगण्डकी नदीमा आएको बाढीमा फसेका ३६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चारवटा हेलिकोप्टर र स्थलमार्गबाट फौज परिचालन गरी उनीहरूको उद्धार गरेको हो ।

नेपाली सेनाले आइतबार दिउँसो १२ बजेसम्मको विवरण सार्वजनिक गर्दै उद्धार गरिएकामा एक शिशु र एक विदेशी नागरिकसमेत रहेको जनाएको छ ।

सेनाका अनुसार गोरखाको जगत् क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट नौ जना, यारुबाट नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको छ ।

उद्धार कार्यका लागि सेनाले एमआई-१७ सहित चारवटा हेलिकोप्टर परिचालन गरेको छ । स्थलमार्गबाट समेत फौज खटाएर प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ ।

अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

Facebook Comments