Mon. May 6th, 2024

चीनको तिब्बतबाट अरनिको समाजलाई महामारी रोकथाम स्वास्थ्य सामग्री प्राप्त

काठमाडौं, २०७७ माघ १७ गते शनिबार

चीनको स्वायत्त प्रदेश तिब्बतबाट अरनिको समाजलाई कोरोना भाइरस महामारी रोकथाम सम्बन्धि स्वास्थ्य सामग्रीहरु प्राप्त भएकाछन् ।

तिब्बतको वैदेशिक मुलुकहरुसँगको जनमैत्री संघले दोश्रो पटक कोभिड-१९ महामारी रोकथामका स्वास्थ्य सामग्री अरनिको समाजलाई प्रदान गरेको हो । प्राप्त स्वास्थ्य सामग्रीहरुमा मास्क, पिपिई (व्यक्तिगत स्वास्थ्य रक्षा सामग्री) आदि रहेका छन् । दाताको अनुरोध बमोजिम अरनिको समाजले ती सामग्रीहरु नेपाल सरकार मातहत रहेका विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका अस्पतालहरुमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार मातृ तथा महिला अस्पताल, प्रहरी प्रभाग काठमाडौं, भक्तपुर, ललितपुर र ट्राफिक कार्यालय रहेकाछन् ।

अरनिको समाजका निवर्तमान महासचिव सुशिल प्रजापतिका अनुसार तिब्बतको वैदेशिक मुलुकहरुसँगको जनमैत्री संघले यस अघि सन् २०२० मा पनि यस्तै स्वास्थ्य सामग्रीहरु प्रदान गरेको थियो । ति सामग्रीहरुलाई अरनिको समाजका सदस्यहरु र सदस्यहरु कार्यरत सरकारी तथा निजी अस्पतालहरुलाई प्रदान गरिएको थियो ।

अरनिको समाज चीनका विभिन्न विश्व विद्यालयहरुमा अध्ययन पुरा गरि फर्केका नेपालीहरुको गैह् सरकारी संस्था हो । हाल यस संस्थामा झण्डै ५ सय जति सदस्यहरु रहेका छन् ।

Facebook Comments