२०८३ आश्विन ९, शुक्रवार

नेपाली कांग्रेस १५ औं महाधिवेशन : ६६ वटा जिल्लाका ६३० वटा पालिकामा निर्वाचन सम्पन्न

       

काठमाण्डू । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनअन्तर्गत आजसम्म ६६ वटा जिल्लाका ६३० वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ ।

विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

मौसम विभागले भारी वर्षासम्बन्धी सूचना जारी गरेको अवस्थालाई समेत दृष्टिगत गर्दै पार्टीको निर्वाचन समितिले यही असोज १० गतेका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अनुकूलताअनुसार सञ्चालन गर्न निर्देशन दिएको छ ।

समितिले क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम असोज १३ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ । रासस

Facebook Comments