Tue. May 14th, 2024

चीन-भारत सम्बन्ध सामान्य बाटोमा फर्कने चीनको आशा

काठमाडौं, २०७७ माघ १७ गते शनिबार

भारतीय विदेश मन्त्री एस. जय शंकरले हालै गर्नुभएको भारत-चीन सम्बन्धी अर्थपूर्ण भनाइबाट भारतले भारत-चीन सम्बन्धमा महत्व दिएको संकेत दिएकाले चीनले त्यसलाई मान्यता दिएको छ। भारतीय विदेश मन्त्री एस. जय शंकरले भारत-चीन सम्बन्ध सम्बन्धी पछिल्लो भनाइबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले उक्त कुरा भन्नुभएको हो।

सीआरआईका अनुसार, भारतीय विदेश मन्त्री एस. जय शंकरले भारत-चीन सम्बन्धको विकासका लागि तीनवटा निर्णायक कारक तत्व र ८ वटा आधारभूत सिद्धान्त प्रस्तुत गर्नुभएको छ। यसबारे चर्चा गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउले जनाउनुभएको छः सिमा क्षेत्र समस्या र द्विपक्षीय सम्बन्धलाई जोड्नु हुँदैन। यो नै बितेका वर्षहरूमा हाम्रो सम्बन्ध विकसित भएको महत्वपूर्ण अनुभव हो।

भारतले चीनसँग एउटै दिशातिर अघि बढ्दै पारस्परिक मतभेदको नियन्त्रण गरेर वस्तुगत सहयोगको प्रवर्द्धन गरी आपसी सम्बन्धलाई सामान्य बाटोमा फर्काउने आशा चीनले गरेको छ।

Facebook Comments