प्रधानमन्त्री बालेन शाहसँग पाकिस्तानी प्रधानमन्त्रीको फोनवार्ता, आपत्कालीन राहत सहयोग पठाउने घोषणा
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ
भिओके समाचार/काठमाण्डू । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमार्फत कुराकानी गर्दै हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्समार्फत आफूले नेपालका प्रधानमन्त्री शाहसँग सोही दिन दिउँसो कुराकानी गरेको जानकारी दिनु भएको छ ।
उहाँले हालैको आकस्मिक बाढी तथा पहिरोबाट भएको बहुमूल्य मानवीय क्षति र व्यापक विनाशप्रति गहिरो समवेदना व्यक्त गरेको बताउनु भएको छ ।
शरीफले कठिन समयमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा पूर्ण ऐक्यबद्धताका साथ उभिएको बताउनु भएको छ ।
टेलिफोन वार्ताका क्रममा उहाँले प्रधानमन्त्री शाहलाई पाकिस्तानको पूर्ण सहयोग रहने आश्वासन दिएको र जारी उद्धार तथा राहत प्रयासमा योगदान पुर्याउन पाकिस्तानले आपत्कालीन राहत सहायता पठाइरहेको जानकारी गराएको बताउनु भएको छ ।
शरीफले यो सन्देश अगस्ट २८, २०२६ दिउँसो ३ः३५ बजे सार्वजनिक गर्नुभएको थियो ।

