Thu. Apr 25th, 2024

ग्रेटर नेपालका अध्यक्ष नेपालले कोरोना खोप नलिने

फणिन्द्र नेपाल, अध्यक्ष- ग्रेटर नेपाल

काठमाडौं, २०७७ माघ १५ गते बिहीबार

सरकारले महामारीको रुपमा विश्वभरी फैलिरहेको कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम बुधबारदेखि जोडतोडका साथ चलाईरहको समयमा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले भने सो खोप नलगाउने बताउनु भएको छ ।

सामाजिक संजालमा फेसबुकमा नेपालले लेख्नु भएको छ, ‘नेपालले म मर्छु तर कोभिड-१९ को इन्डियाली खोप लगाउँदिनँ , बरु बेसारपानी खाइरहन्छु ।’

अध्यक्ष नेपालले फेसबुक पेजमा लेख्नु भएको छ, “दुईवटा कारणले नि:शुल्क रूपमा इन्डियाले नेपाललाई खोप उपलब्ध गराएको हो ।
१.अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड नपुगेको यो इन्डियाली खोपको निर्बाध परीक्षण नेपाली जनतामै होओस् भनेर दिइएको हो ।
२. इन्डियाले मिचेको नेपाली भूमि र महाकाली नदीमा एकपक्षीय रूपमा बनाइरहेको तटबन्ध विरुद्ध दानमा पाएको खोपको भारीले थिचिएर नेपालले कुनै विरोधी आवाज उठाउन नसकोस् भनेर ।

Facebook Comments