२०८३ भाद्र १०, बुधवार

भारतीय प्रधानमन्त्री मोदीद्वारा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त   

       

काठमाण्डू । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा आज बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रम मोदीले यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

“भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार छ । उद्धार तथा राहत प्रयासका लागि हाम्रा टोलीहरूले नेपालसँग नजिकबाट समन्वय गरिरहेका छन्”, उहाँले उल्लेख गर्नुभएको छ । रासस

Facebook Comments