Tue. Apr 23rd, 2024

आन्दोलनरत किसानले लालकिल्लामा गणतन्त्र दिवसकै अवसरमा झण्डा गाडे

काठमाडौं, २०७७ माघ १३ गते मंगलबार

भारत सरकारको नीतिविरुद्ध आन्दोलन गरिरहेका हजारौँ किसानहरू प्रहरी अवरोधलाई छिचोल्दै दिल्लीस्थित लालकिल्लामा प्रवेश गरेका छन्।

भारतको गणतन्त्र दिवसकै अवसरमा आयोजित एउटा विशाल र्‍यालीमा सहभागी भएका किसानहरू ट्र्याक्टर तथा पैदल आएका थिए।  धेरै प्रदर्शनकारीहरू पहिला निश्चित गरिएका मार्गहरूबाट नहिँडीकन अघि बढ्न खोज्दा प्रहरीसँग भिडन्त भएको थियो। एक प्रदर्शनकारीको मृत्यु भएको छ।

सुरक्षाकर्मीहरू शान्ति पुनर्स्थापित कायम गर्ने प्रयासमा लाग्दा दिल्लीका केही स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ। सरकारले हिंसाबारे कुनै टिप्पणी गरिसकेको छैन। तर गृहमन्त्री अमित शाहले दिल्ली प्रहरीका अधिकारीहरूसँग त्यहाँको स्थितिबारे छलफल गरेको बताइएको छ।

किसानहरूले भारतको राष्ट्रिय झण्डाबाहेक अरू झण्डा पनि लालकिल्लामा गाडे। प्रहरीका अनुसार प्रदर्शनकारीहरूलाई लालकिल्ला परिसरबाट हटाइएको थियो।

तर साँझसम्म त्यहाँको तनाव देखिएको थियो। बिबिसी

Facebook Comments