२०८३ श्रावण २७, बुधवार

सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँले बढ्यो

- सुन प्रतितोला रु ३ लाख १ हजार ५०० र चाँदी प्रतितोला रु ४ हजार ६७०

       
  • सुनको मूल्य तोलामा रु ६ हजार ४०० ले बढ्यो ।
  • छापावाल सुन प्रतितोला रु ३ लाख ७ हजार ९०० पुग्यो ।
  • चाँदीको मूल्य प्रतितोला रु ४ हजार ७८० कायम ।

भिओके समाचार/काठमाण्डू । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु ६ हजार ४०० र चाँदीको मूल्य रु ११० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ७ हजार ९०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ७८० पुगेको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ५०० र चाँदी प्रतितोला रु ४ हजार ६७० मा कारोबार भएको थियो ।

Facebook Comments