Tue. Apr 23rd, 2024

चीन विश्वमा सबभन्दा बढी विदेशी लगानी भित्रियाउने मुलुक

काठमाडौं, २०७७ माघ १३ गते मंगलबार

सन् २०२० मा चीनले भित्र्याएको विदेशी लगानी बृद्धि भई अमेरिकालाई नाघेर विश्वमा सबभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुक बनेको छ।

संयुक्त राष्ट्र संघ व्यापार तथा विकास सम्मेलन अन्तर्गत लगानी तथा व्यवसाय विभागका प्रमुख चान स्याउनिङले हालै सीआरआईका पत्रकारसँगको अन्तर्वार्तामा उक्त कुरा भन्नुभएको हो। व्यापार तथा विकास सम्मेलनको अनुमान अनुसार, सन् २०२० मा चीनले प्रयोग गरेको विदेशी लगानी सन् २०१९ को दाँजोमा ४ प्रतिशतले बृद्धि भएको छ जुन १ खर्ब ६३ अर्ब अमेरिकी डलर पुगेको छ।

प्रमुख च्यानले जनाए अनुसार, बिगत केही वर्षदेखि चीनमा भित्रिएको विदेशी लगानी निरन्तर बृद्धि भइरहेको छ। महामारीपछि चीनको अर्थतन्त्र अरू आर्थिक एकाइभन्दा छिटो पुनः शुरू भएकाले विदेशी लगानीको ध्यानलाई तानेको छ। साथै ‘क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धि’(आरसीइपी) र चीन-यूरोप लगानी सन्धिबाट पनि लगानीकर्ताको विश्वासलाई बढाइएको छ।

यसका अतिरिक्त, विश्वव्यापी महामारी भइरहेको बेला चीनमा अन्तर्देशीय व्यवसायहरूको उत्पादन र आपूर्ति शृङ्खलाको भरमा चीनमा भित्र्याइएको लगानीको स्थिरता तथा विकासलाई पनि कायम राखिरहेको छ।

Facebook Comments