Tue. Jul 21st, 2026

इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने

       

इस्लामाबाद । इरानका गृहमन्त्री एस्कान्दर मोमेनी सोमबार अमेरिका–इरान युद्धमा मध्यस्थता गरिरहेको पाकिस्तानको राजधानी आउने हुनेभएको पाकिस्तानी गृह मन्त्रालय स्रोतले सोमबार जानकारी गराएको छ ।

स्रोतका अनुसार मन्त्री मोमेनीले पाकिस्तानी अधिकारीहरूसँग युद्ध मध्यस्थताको पछिल्लो अवस्थाबारे जानकारी लिनुहुनेछ । यो भ्रमण पाकिस्तानले लामो समयदेखि गरिरहेको अमेरिका र इरानबीचको लडाइँ रोक्ने मध्यस्थता प्रयाससँग जोडिएको वार्ता भएको वताए पनि यसबारे मन्त्री मोमेनीले विस्तृत जानकारी दिनुभएन ।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले इरानमा सैन्य हमला गरे पनि अमेरिकासँग मध्यस्थकर्तामार्फत कूटनीतिक प्रयास जारी राख्ने सोमबार बताउनुभयो ।

पाकिस्तानले युद्धरत राष्ट्रहरूलाई हिंसा रोक्न र गत महिना आफूले मध्यस्थता गरेको समझदारी पत्रअन्तर्गत वार्ता पुनः सुरु गर्न प्रोत्साहन दिने गत हप्ता बताएको थियो । यो अन्तरिम समझदारी र युद्धलाई स्थायी रूपमा रोक्ने सम्भावित बाटो यो महिना नयाँ लडाइँ सुरु भएपछि अन्योलमा परेको छ ।

मोमेनीले पहिले पनि मध्यस्थता वार्तामा भाग लिइसक्नुभएको छ र पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इरान भ्रमणका क्रममा उहाँसँग भेट गर्नुभएको थियो ।  रासस/एएफपी

Facebook Comments

सम्बन्धित समाचार