इङल्यान्ड विश्वकपको सेमिफाइनलमा
जुलाई ११, २०२६ मा मियामीमा नर्वे विरुद्धको २०२६ विश्वकप फुटबल क्वार्टरफाइनल खेलको अतिरिक्त समयको पहिलो हाफमा आफ्नो दोस्रो गोल गरेपछि इङ्गल्याण्डका मिडफिल्डर जुड बेलिङ्घम खुशी मनाउँदै। फोटो क्रेडिट: एएफपी
काठमाण्डू । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।
अब इङल्यान्डको सामना अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुने क्वार्टरफाइनलको विजेतासँग हुनेछ । रासस

