Tue. Apr 16th, 2024

“राज्य दमनले पूर्वलाई क्रान्तिको केन्द्र बनाउने छ”-सुमनसिंह पौडेल

सुमनसिंह पौडेल

काठमाडौं, २०७७ माघ ९ गते शुक्रबार

एउटा क्रान्तिकारी पार्टिको संसदिय पुंजिवादमा पतन भएसंगै भुई मान्छेहरुका आवाज प्रवाह गर्ने पुंजिवाद बिरोधी क्रान्तीकारी धारा पुनर्गठित हुनु, संघर्षको मैदानमा हेलिनु र गरिव बर्गको नेतृत्व गर्नु अनिवार्य थियो । यहि अनिवार्यतालाइ सार्थक तुल्यांउदै ०७१ साल मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टी संसोधनवादि प्रतिक्रान्तिकारी समुहले खरानी पारेको क्रान्ती भित्रबाट बिद्रोहको फिलिङ्गोलाई प्रज्वलित गरांउदै अगाडि आयो । नेपालमा श्रमजिवि बर्गको झण्डा उठ्यो, बलिदान पुन भर्भराएर उठ्यो । जनबिरोधीहरु पुन अताल्लिए भने श्रमिक बर्गमाझ उल्लास छाउन पुग्यो ।

दुर्मुख दलालहरुले जे जे भने पनि यतिबेला नेपालको राजनिती संसदिय प्रणालीको बिकल्प नेपाल कम्युनिस्ट पार्टिले उठाएको बैज्ञानिक समाजवाद नै हो भन्ने ठाउँ सम्म आइपुगेको छ । दलालहरुले नेतृत्व गरिरहेको संसदिय पुंजिवाद असलमा माफिया र लुटेराहरुको पक्षपोसण गर्ने सत्ता हो रहेछ भन्ने कुरा नेपालको राजनितिको अन्तिम सत्य साबित भएको छ । अब कुनै झुट वा नयाँ भ्रमले संसदिय प्रणालीको संकट समाधान नहुने बरु त्यसको बदलामा नेपाली समाज बैज्ञानिक समाजवादमा प्रवेश गर्ने कुरापनि अनिवार्य सत्य बनेको छ । तथ्यहरुले स्पस्ट रुपमा बिसयहरुलाइ उजागर गरेका छन ।

के वर्तमान लुटेरा सत्ता जनपक्षिय छ ? यो सत्ता संग कम्युनिस्ट मुल्यलाइ छुने साधारण कार्यक्रम अवस्थित छ ? कम्युनिस्टको झण्डा भित्र छिपेको खुंकार लुटेरा पुंजिवादले समाजवादको नारा घन्कायो- के यो माफिया ग्यांङ्ग बाट नेपाली जनताले समाजवादको न्युनतम कार्यक्रम पाउन सके ? अंह, कम्युनिस्ट नामको पार्टि र तिनका नेतृत्वबाट जनताले कम्युनिस्ट मूल्य अनुसारका न्युनतम कार्यक्रम पनि पाउन सकेनन बरु उल्टो बर्बर लुट र अत्यचारको श्रींखलाहरु चले । दलाल पुंजिवादि लुटेराहरुको राक्षसी लुटको जंजालबाट नेपाली जनता गुज्रन बाध्य बने । अन्तत संसोधनवाद नांगेझार बन्न पुग्यो, वास्तविक कम्युनिस्ट पार्टी र क्रान्ती जवान बनेर उठ्यो । यसैको ज्वलन्त उदाहरण सत्ताको हड्डिमा लुछामार गरिरहेका संसदवादी कुकुरहरुको बिघटन, पतन र स्खलन एकातिर छ भने अर्को तर्फ क्रान्ती कांचुलीबाट बाहिर अवतरित भइसकेको छ ।

 नेपाली राजनीतिमा उछालिएका बिभिन्न स्वरुपका अन्तर्बिरोधहरुको कंयौ कोणबाट विश्लेषण गर्न सकिन्छ तर संसदिय पुंजिवाद कि बैज्ञानिक समाजवाद ? यथास्थिति कि अग्रगमन ? यतिबेला यी दुई कोणबाट मात्रै नेपाली राजनितिको मुख्य अन्तर्बिरोधलाई पटाक्षप गर्न सकिन्छ । यसरी हेर्दा नेपालको राजनिती शक्तिसन्तुलनको चरणमा प्रवेश गरिसकेको छ । दिमाग बिग्रीएका अभिमानी शासकहरुको पुंजिवादि चस्माले पैसा र सैन्य शक्तिलाई आफ्नो संकटको निवारक तत्व ठानिरहेका छन । त्यसैले नेपाल कम्युनिस्ट पार्टिले अगाडि सारेका जनप्रीय कार्यक्रमबाट कांपेर दमन गर्दै क्रान्तिकारी आन्दोलनलाई सैन्य बल द्वारा दबाउने दुस्वप्न देखिरहेका छन । उनिहरुले बुझ्न जरुरी छ अन्तिम र निर्णायक तत्व जनता हुन, जनताको मनोबिज्ञानको केन्द्रीकरण यतिबेला एकीकृत जनक्रान्तीमा भएको छ । त्यसैले लंडाइ आमने सामने छ बैज्ञानिक समाजवाद कि संसदिय पुंजिवाद ? यहि मुद्धामा ।

नेपाल कम्युनिस्ट पार्टीमाथी ०७५ फागुन २८ गते प्रतिबन्ध लगाए पछि सरकार निरन्तर दमनमा छ । पुर्व क्षेत्रको दमन अझ उल्लेखनीय छ । धरपकड र झुट्टा आरोपहरुको लामै फेहेरिस्त त छंदै छ तर भोजपुरमा तिर्थ घिमिरेको हत्या बाट सुरु भएको हत्या श्रींखलालाइ सरकारले कुमार पौडेल हुँदै निरकुमार राई सम्म पुर्यायो । पुर्व क्षेत्रमा सरकार हत्यामा उत्रीने यो बिसयले पुर्व क्षेत्रका संसदवादि हरु र क्रान्तिकारीहरु बिच बिधमान अन्तर्बिरोधको अवस्थालाई उजागर गरेको छ । पुर्वमा संसदवादीहरुको केन्द्र रहनु र दलाल, भ्रस्टचारी र माफियाहरुको संरक्षण यंहा नै बढी हुनुले पुर्वका जनता माथी अत्याधिक अन्याय अत्यचार रहेको स्पस्ट छ ।

निर्बाध रुपमा जनता लुटिरहेका दलालहरुलाइ नेपाल कम्युनिस्ट पार्टी टाउको दुखाइ बन्न पुग्यो । फलत संसदवादी दलालहरु पुर्वमा क्रान्तिकारी हरुको हत्या गर्न तम्सिए । राज्य संयत्रको दुरुपयोग गरेर एउटा राजनितिक आन्दोलन र क्रान्तिकारी युवाहरुको हत्या गर्दै संसदवादीहरुले दमनको केन्द्र पुर्वलाई बनाए । सुरक्षा संयन्त्रको दुरुपयोग भएता पनि यसमा ओलि र पुर्वका लाल गद्धारहरुको अभिमान स्पस्ट रुपमा प्रतिविम्बित भएको छ ।

यसले दमनको केन्द्र पुर्व हो भन्ने मात्र प्रस्ट पारेको छैन कि प्रतिरोध र क्रान्तिको केन्द्र पनि पुर्वलाइ बनाइदिएको छ । बिज्ञान तथ्यहरुको आधारमा मुखरित हुन्छ र तथ्यहरुले यहि साबित गरेका छन कि पुर्वका जनता प्रतिरोधि बिद्रोहको निम्ति तयार छन । कम्युनिस्ट आन्दोलन भित्रको संसोधनवाद र बाहिर सामन्तवाद बिरुद्ध युद्धको मोर्चा खोल्ने पुर्वका जनता फेरिपनि संगठित बन्ने छन, जेल नेल हत्या र दमनको सामना गर्दै क्रान्तिलाइ निरन्तर अगाडि बढाउने छन यसमा कुनै संदेह छैन । सत्ता र शक्तिको अभिमानमा आन्दोलनको प्रवाहलाई देख्न नसक्ने अन्धा शासकहरु, सुन्न नसक्ने बहिराहरु ठुला ठुला क्षति गराउन र जनतालाइ दुख दिन उद्धत छन । तर अब त्यस्तो हुने छैन जो शासकहरु चाहिरहेका छन । जति रोक्न खोजे पनि जनताको आंधिलाइ दुनियाको कुनै त्यस्तो तागत र शासकले रोक्न सकेको छैन यहि एतिहांसिक तथ्य हो । दलालहरु बाहेक क्रान्तिकारी शक्ति, देशभक्त शक्ति, सच्चा लोकतन्त्रवादी शक्तीहरुको संयुक्त मोर्चा र एकीकृत जनक्रान्तिको निर्णायक धक्काले संसदिय पुंजिवादलाइ नेपालबाट सदाका लागि उन्मुलन गर्ने छ र बैज्ञानिक समाजवादी सत्ताको स्थापना हुने छ । सबैले आ आफ्नो मोर्चा सम्हालौं ।

-सुमनसिंह पौडेल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हुनुहुन्छ ।

Facebook Comments