Fri. Apr 26th, 2024

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्किने आशाः चीनको परराष्ट्र मन्त्रालय

काठमाडौं, २०७७ माघ ९ गते शुक्रबार

चीनको परराष्ट्र मन्त्रालयले चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्किने आशा व्यक्त गरको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीन र अमेरिका दुवै पक्षको संयुक्त प्रयासमा दुई देशको सम्बन्धलाई दयालु परीले दुष्ट्याइँलाई जित्नसक्ने कथा अनुरुप अघि बढाउन सकिने विचार व्यक्त गर्नुभएको छ।

जनवरी २१ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्त ह्वाले उक्त कुरा बताउनुभएको हो। उहाँले अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनको सपथ ग्रहणप्रति बधाइ ज्ञापन गर्नुका साथै राष्ट्रपति बाइडेनले देशको प्रशासनमा सफलता प्राप्त गर्नसक्ने आशा चीनले लिएको बताउनुभयो।

प्रवक्ता ह्वाले सपथग्रहण कार्यक्रममा राष्ट्रपति बाइडेनले एकताको कुरा दोहोर्याउनुभएको र यो नै वर्तमान चीन-अमेरिका सम्बन्धलाई अत्यन्तै आवश्यक भएको कुरा पनि हो, भन्नुभयो। चीन, अमेरिका, अन्तर्राष्ट्रिय समुदायको आशा छ कि चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्केर वर्तमान विश्वसमक्ष देखा परेको चुनौतीको सामना गर्न योगदान गर्नसक्ने आशा पनि प्रवक्ता ह्वाले व्यक्त गर्नुभयो।

Facebook Comments