पूर्वी लिबियामा डुङ्गा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु
दुर्घटना
त्रिपोली (लिबिया) । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ ।
सङ्गठनले जारी गरेको विज्ञप्तिमा टोब्रुक सहरको नौसेना आधारबाट गस्ती गरेको जहाजले खोजी तथा उद्धारका लागि अपरेसन सुरु गरेको बताएको छ । दुर्घटनाका कारण जहाजमा रहेका व्यक्तिहरू आठ दिन सम्म कठनि अवस्थामा समुद्रमा फसेको कारण सात जनाले मृत्यु वरण गर्नुका साथै अधिकाशं घाइते भएको जनाइएको छ ।
पूर्वी लिबियामा नौसेना एकाइ र तट–रक्षकको समन्वयमा गरिएको उद्धार कार्य आठ घण्टा भन्दा बढी समय सम्म चलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युरोप र लामो भूमध्य–सागरीय तटरेखासँग निकटताका कारण लिबिया अनियमित आप्रवासीहरूका लागि प्रमुख पारवहन केन्द्र बनेको जनाइएको छ । मौसमी अनुकुलताका कारण सिमापार प्रक्रिया सामान्यतया मार्च – सेप्टेम्बरको बिचमा तुलनात्मक रुपमा बढी हुने गरेको जनाएको छ । सिन्ह्वा

