अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पैचिङमा
भिओके समाचार/काठमाण्डू । चीनका राष्ट्राध्यक्ष सि चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विशेष विमानमार्फत आज बेलुकी चीनको राजधानी पैचिङ आइपुग्नुभएको छ ।
पश्चिम एशियामा युद्धको ज्वाला दन्कीरहेको विषम परिस्थितीमा राष्ट्रपति ट्रम्प तीन दिने राजकीय भ्रमणका लागि पैचिङ पुग्नु भएको हो ।
चीन र अमेरिकाका राष्ट्रप्रमुखहरूको गत वर्ष अक्टोबरमा बुशानमा भएको भेटपछि फेरि एकपटक यो प्रत्यक्ष भेटघाट हो । यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले ९ वर्षअघि चीनको राजकीय भ्रमण गर्नुभएको थियो । चिनियाँ राष्ट्राध्यक्ष सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग चीन-अमेरिका सम्बन्ध, विश्व शान्ति तथा विकाससँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा गहन रुपमा वैचारिक आदानप्रदान गर्नुहुनेछ चाईना ग्लोवल टेलिभिजन नेटवर्क सीजीटिएनले जनाएको छ ।

