अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि पैचिङमा अवतरण
पैचिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ पैचिङ आइपुग्नुभएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको हो । लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प पैचिङको समय अनुसार बुधबार ७ः५० मा पैचिङ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।
करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो ।
दुई नेताबीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस/एएफपी
Facebook Comments

