एक दिने आँखा शिविर सम्पन्न
बाबुराम मुुडियारी र महेश भट्टराई/ झाेराहाट । माेरङकाे ग्रामथान गाउँपालिका वडा नं – २ झोराहाट झङडाही टोलमा अवस्थित दुर्गा आधारभूत विद्यालयमा एक दिने आँखा शिविर शनिवार सम्पन्न भए़को छ ।
सो आँखा शिविर श्रृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरको आयोजना र विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा गरिएको थियो । शिविरमा आँखा परिक्षण गर्दा ५० जनालाई स:शुल्क औषधी वितरण गरिएको थियो । त्यस्तै गरी २० जनालाई स:शुल्क चश्मा वितरण गरियो । शिविरमा आएका मध्ये २४ जनामा मोतियाविन्दु, २ जनामा आँखामा मासु पलाएको आँखाका रोगी पाएको थियो । मोतियाबिन्दुका विरामीहरू र आँखामा मासु पलाएका विरामीहरूलाई थप उपचारका लागि विराटनगर आँखा अस्पताल रानी रेफर गरिएको थियो ।
शिविरमा १४३ जनाले आँखा परिक्षण गरि लाभ लिएका आयोजक संस्थाका अध्यक्ष निवास पोखरेलले जानकारी दिनुभयो । शिविर आयोजक संस्था श्रृष्टि बचत ऋण सहकारी संस्था लिमिटेड विराटनगरले विद्यालयको अनुरोधमा कक्षाकोठाहरुमा पंखा आवश्यक रहेकोमा ५ थान पंखा सहयोग गर्ने सहकारीका अध्यक्ष निवास पोखरेलले प्रतिवद्वता व्यक्त गर्नुभएको दुर्गा आधारभूत विद्यालयका प्रधानध्यापक यदु कुमार लुईटेलले जानकरी दिनुभयो ।
प्रधानध्यापक लुइँटेलले शिविर आयोजक संस्था श्रृष्टि बचत तथा ऋण सहकारी संस्था विराटनगर परिवारप्रति शिविर संन्चालन र विद्यालयमा आगामी दिनमा पंखा उपलब्ध गराईदिने प्रतिवद्वताकाे स्वागत गर्दै सामाजिक सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।

