Sat. Apr 18th, 2026

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री   

       

काठमाण्डू । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ ।

उहाँले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेट्नुभएको हो । चिकित्सकहरूबाट उहाँहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आउनुभएको छ । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा. शर्माप्रति आभार व्यक्त गर्नुभएको छ । रासस

Facebook Comments