Sat. May 30th, 2026

नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन   

       

काठमाण्डू । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई कुनै प्रकारको दुःख नदिइ सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज साँझ विमानस्थलको सेवा प्रवाहबारे आकस्मिक निरीक्षणमा पुग्नुभएका उहाँले विदेशमा पसिना बगाएर स्वदेश फर्किएका नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने बताउनुभयो ।

राससका अनुसार गृहमन्त्री गुरुङले आगामी दिनमा गुनासो नआउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिँदै नागरिकको गुनासो सुनिए कडा कारबाही गर्ने चेतावनी दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Facebook Comments