Thu. Apr 30th, 2026

प्रधानमन्त्रीसँग  मधेस प्रदेशका सांसदको छलफल

प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार बुधबार मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदसँग छलफल गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

       
काठमाण्डू । प्रधानमन्त्री वालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदसंग  छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिनुभएको थियो । 
जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई  सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो “स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिँचाइ, कृषि आदि विषयमा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भयोे ।” प्रधानमन्त्री शाहले सुदुरपश्चिम प्रदेशका सांसदसँगको छलफल गरिसक्नुभएको छ ।   रासस
Facebook Comments