Fri. May 1st, 2026

जय ट्रफीको फाइनल सुरु

       

काठमाण्डू । जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ ।

मुलपानी क्रिकेट मैदानमा सुरु भएको फाइनल खेल बिहीबारसम्म जारी रहनेछ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भईरहेको छ ।

यसअघि फागुन १७ देखि १९ गतेसम्म तय भएको फाइनल खेल निर्वाचनका कारण सारिएको थियो । दुई दिवसीय प्रतियोगिताको फाइनल खेल तीन दिवससीय

हुनेछ । जय ट्रफीका गत संस्करणको प्रधानमन्त्री कप क्रिकेटको शीर्ष चारमा रहेको आर्मी, पुलिस, एपिएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरेका थिए । गोरखापत्र अनलाइन

Facebook Comments