Sat. Apr 20th, 2024

छिङहाई तिब्बती पठारभूमिमा सबैभन्दा ठूलो कार्गो वायु ढुवानी सञ्चालन

काठमाडौं, २०७७ माघ २ गते शुक्रबार

छिङहाई तिब्बती पठारभूमिमा सबैभन्दा ठूलो कार्गो वायु ढुवानी सञ्चालन भएको छ ।

चाइना पोस्टको विमान (सीएफ-९०५१०) ले छिङहाईको सदरमुकाम सिनिङको छाउ च्या पाउ अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरी ६ तारिख अवतरण गरेसँगै छिङहाई तिब्बती पठारभूमिमा सबैभन्दा ठूलो कार्गो वायु ढुवानी सञ्चालन भएको हो ।

यो वायु ढुवानी सेवाले छिङहाई क्षेत्रको विशेषतायुक्त आर्थिक विकासको प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै पूरै छिङहाई प्रान्तको कृषि तथा पशुपालन व्यवसायको विकासका लागि शक्तिशाली समर्थन सिर्जना गर्ने छ।

Facebook Comments