Thu. May 7th, 2026

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको चौथो अधिवेशन भव्य रुपमा सम्पन्न

(260311) -- BEIJING, March 11, 2026 (Xinhua) -- The closing meeting of the fourth session of the 14th National Committee of the Chinese People's Political Consultative Conference (CPPCC) is held at the Great Hall of the People in Beijing, capital of China, March 11, 2026. (Xinhua/Wang Ye)

       

काठमाण्डू । चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको चौथो अधिवेशन विभिन्न कार्यसूचि सफलताका साथ पूरा गर्दै आज भव्य रुपमा सम्पन्न भएको छ ।

चीनको राजधानी पैचिङस्थित जनवृहत सभा भवनमा एक भव्य समारोहको आयोजना गर्दै सो अधिवेशन सम्पन्न भएको हो । समापन समारोहमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको चौथो अधिवेशनको राजनीतिक निर्णय प्रस्तावलाई पारित गरिएको छ । सिसिटिभीका अनुसार पेश गरिएका प्रस्तावको लेखाजोखा गरी पारित गरिएको छ भने पेश गरिएका प्रस्ताव सम्बन्धी कार्यप्रतिवेदनको निर्णय प्रस्तावलाई पनि पारित गरिएको छ । प्राप्त समाचार अनुसार राजनीतिक परामर्शदात्री सम्मेलनको स्थायी समितिको कार्यप्रतिवेदनको निर्णय प्रस्तावलाई भारी मतले पारित गरिएको छ । समापन समारोहमा चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङ लगायतका उच्च नेताहरुको उपस्थिती रहेको थियो ।

चिनियाँ जन–राजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका अन्य धेरै पार्टी बीच आपसी सहयोग र राजनीतिक परामर्श उपलब्ध गराउने महत्वपूर्ण संस्था हो । यो नै चीनको राजनीतिक जीवनमा समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण प्रणाली पनि हो ।

चिनियाँ जन–राजनीतिक परामर्शदात्री सम्मेलन नयाँ चीन स्थापना हुनु अघि चिनियाँ कम्युनिष्ट पार्टी र अन्य विभिन्न प्रजातान्त्रिक पार्टीहरु, स्वतन्त्र व्यक्तित्वहरु र विभिन्न जन संगठनहरुले संयुक्त रुपमा स्थापना गरेका हुन् । स्थापना पछि सन् १९४९ को सेप्टेम्बरमा चिनियाँ जन–राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठक पैचिंगमा आयोजना गरिएको थियो ।

Facebook Comments