Tue. Mar 10th, 2026

मध्यपूर्व द्वन्द्वको प्रभावस् लेबननमा इजरायल–हिज्बुल्लाह भिडन्त

       

पैचिङ । लेबननमा जारी सङ्घर्षमा हिजÞबुल्लाहले पूर्वी लेबननमा हेलिकोप्टरमार्फत प्रवेश गरेको इजरायली सेनासँग लडिरहेको जनाएको छ । यो पछिल्लो इजरायल–हिजबुल्लाह द्वन्द्वको दोस्रो ठूलो भौतिक मुठभेड हो । गत हप्ता इरान समर्थित हिजबुल्लाहले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अमेरिकी–इजरायली हवाई आक्रमणमा हत्याको जवाफस्वरूप इजरायलमाथि हमला गरेको थियो, जसले लेबननलाई मध्यपूर्व युद्धमा तानेको थियो ।

इजरायलले सन् २०२४ को स्थायी अवधीपछि पनि हिजबुल्लाहलाई लक्षित गर्दै लगातार हवाई आक्रमण जारी राखेको छ र सीमाक्षेत्रमा भूतल सैनिक पठाएको छ । हिजबुल्लाहले सिरियाली सीमाबाट करिब १५ इजरायली हेलिकोप्टर प्रवेश गरेको पत्ता लागेको र आफ्ना लडाकूहरूले उनीहरूलाई कारवाही गरेको जनाएको छ । लेबननको राष्ट्रिय समाचार एजेन्सीले नबी शीट गाउँको बाहिरी क्षेत्रमा ती हेलिकोप्टर र सैनिकसँग तीव्र मुठभेड भएको रिपोर्ट गरेको छ । बेका क्षेत्रमा कार्यरत हिजबुल्लाहका दुई अधिकारीले एक इजरायली हेलिकोप्टर ढलेको जानकारी दिएका छन् ।

बेष्चगत को दक्षिणी उपनगर, जो हिजबुल्लाहको मुख्य क्षेत्र हो, मा विस्फोट र धुवाँ देखिएको छ । इजरायली सेनाले त्यहाँ हिजबुल्लाहको पूर्वाधारमाथि आक्रमण गरेको छोटो बयान जारी गरेको छ । साथै, ताइर डेब्बा र ओडाइसेह, ऐटारौन जस्ता सीमागत शहरहरूमा हिजबुल्लाहले इजरायली सैनिकमाथि तोप आक्रमण गरेको र मुठभेड भएको जनाएको छ ।
लेबननको स्वास्थ्य मन्त्री राकान नासरुद्दिनका अनुसार इजरायली हवाई आक्रमणमा ३९४ जनाको मृत्यु भएको छ, जसमा ८३ बालबालिका र ४२ महिला छन् । इजरायली सेनाले पनि दक्षिणी लेबननमा दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ, जुन मार्च २ देखि सुरु भएको पछिल्लो अभियानमा पहिलो सैनिक क्षति हो । सिन्ह्वा

Facebook Comments