प्रतिनिधिसभा निर्वाचन विशेष : चर्चित नेता र नेतृत्वहरुले कहाँ कहाँबाट मतदान गरे ?
प्रतिनिधिसभा सदस्य निर्वाचन
महेश भट्टराई/ काठमाण्डू । आज प्रतिनिधिसभाको निर्वाचन देशैभरि जारीरहेको छ । यसै क्रममा चर्चित नेता र नेतृत्वहरुले कहाँ कहाँबाट मतदान गरे ? तल पढ्न र हेर्न सक्नुहुन्छ :
बालेन्द्र शाह : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले बिहीबार काठमाण्डू महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विनायक स्कुल केन्द्रमा मतदान गर्नुभएको छ ।
डा. बाबुराम भट्टराई : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान ९ः१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
राजेन्द्र लिङ्देन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले हल्दिबारी–१ स्थित वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
विष्णुप्रसाद पौडेल : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा रूपन्देही क्षेत्र न. २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गर्नुभएको छ ।
गगनकुमार थापा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाण्डूको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन फागुन २१ विशेष
शङ्कर पोखरेल : नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
सुशीला कार्की : सुशीला कार्की प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डू क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
डा. रामवरण यादव : पूर्वराष्ट्रपति डा. रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
विद्यादेवी भण्डारी : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
माधवकुमार नेपाल : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गर्नुभएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ ।
रामप्रसाद भण्डारी : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाण्डू निर्वाचन क्षेत्र नं १ अन्तर्गत वडा नं २९ को मिलन विद्या मन्दिरमा मतदान गर्नुभएको छ ।
विश्वप्रकाश शर्मा : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयको मतदानस्थलको ‘च’ केन्द्रमा मतदान गर्नुभएको छ ।
कुलमान घिसिङ : उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाण्डू क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
रवि लामिछाने : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
सविता पौडेल : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
हर्कराज राई : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
देवराज घिमिरे : पूर्वसभामुख देवराज घिमिरेले आज झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ ।
ओमप्रकाश अर्याल : गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ बाट मतदान गर्नुभएको छ ।
हिक्मतकुमार कार्की : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
कृष्णप्रसाद यादव : मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट क्षेत्र नं १ को गढीमाई नगरपालिका–८ स्थित बिनग्रा माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
इन्द्रबहादुर बानियाँ : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा निर्वाचनमा बिहीबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ स्थित दमनचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
सुरेन्द्रराज पाण्डे : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार नगरपालिका–१, स्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
चेतनारायण आचार्य : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृह जिल्ला अर्घाखााचीको सन्धिखर्क नगरपालिका–९ रहिसचौरस्थित अर्घारजस्थल मावि(क केन्द्र) बाट मतदान गर्नुभएको छ ।
यामलाल कँडेल : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत क्षेत्र नम्बर २ स्थित भैरव माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
कमलबहादुर शाह : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र-२ लम्कीचुहा नगरपालिकास्थित कालिका माध्यमिक विद्यालय ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
नारायण दाहाल : राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
इन्दिरा रानामगर : पूर्वउपसभामुख इन्दिरा रानामगरले अर्जुनधारा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
महेश बस्नेत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज सूर्यविनायक नगरपालिका-७ गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
डा. शेखर कोइराला : नेपाली कांग्रेसका डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
डा. सिके राउत : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को महदेवा गाउँपालिका–२ स्थित देवनारायण आमला आधारभुत बिद्यालय मतदान केन्द्रबाट मतदान गनुभएको छ ।
डा. भीमबहादुर रावल : पूर्वउप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछामको क्षेत्र नम्बर १ को साँफेबगर नगरपालिका–६, भागेश्वरबार मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
गोकर्ण बिष्ट : नेकपा एमालेका उम्मेदवार एमाले उपाध्यक्ष गोकर्ण बिष्टले रामराज्य माध्यमिक विद्यालयबा इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीबाट मतदान गर्नुभएको छ ।
प्रदीप कुमार ज्ञवाली : नेकपा एमालेका उम्मेदवार प्रदीप कुमार ज्ञवालीले बम्घा आधारभूत विद्यालय रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ चौताराबाट मतदान गर्नुभएको छ ।
डा. चन्द्र भण्डारी : नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले जनजागृती माध्यमिक विद्यालय छत्रकोट गाउँपालिका–१ हुँगाबाट मतदान गर्नुभएको छ ।
सागर ढकाल : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले सत्यवती गाउँपालिका–६ ज्ञानोदय प्राथमिक विद्यालयबाट मतदान गर्नुभएको छ ।
केपी शर्मा ओली : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । बिहीबार बिहान ११ः ३० बजे महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्नुभएको छ ।
प्रभु साह : आमजनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहटको मौलापुर नगरपालिका वडा नं ३ स्थित वडा कार्यालयबाट मतदान गर्नुभएको
छ ।
नारायणमान बिजुक्छेँ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
पृथ्वीसुब्बा गुरुङ : नेकपा (एमाले)का उपाध्यक्ष एवं लमजुङमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले क्व्होलासोँथार गाउपालिका-९ गिलुङस्थित बुद्दोदय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
विमलेन्द्र निधि : प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर-३ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले धनुषाको नगराईनमा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
रमेश लेखक : प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरको बेदकोट नगरपालिका– ८ स्थित बैजनाथ माध्यमिक विद्यालय मतदान केन्द्रबाट पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गर्नुभएको छ ।
पूर्णबहादुर खड्का : नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को सुर्यज्योति मावि मेहेलकुना मतदानकेन्द्रबाट मतदान गर्नुभएको छ ।
ईश्वर पोखरेल : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यहाँको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
रामचन्द्र पौडेल : राष्ट्रपति रामचन्द्र पौडेल मतदान गर्नु भएन
रामसहायप्रसाद यादव : उपराष्ट्रपति रामसहायप्रसाद यादव मतदान गर्नु भएन

