Fri. Apr 19th, 2024

मोरङको सुन्दरहरैँचामा स्वतन्त्र युवाहरूद्वारा प्रचण्ड-माधव पक्षको विरोधमा भैँसी पुजा

काठमाडौं, २०७७ पुस २७ गते सोमबार

मोरङको सुन्दरहरैचामा स्वतन्त्र युवाहरुले नेकपा प्रचण्ड-नेपाल पक्षको विरोध गर्दै भैँसी पुजा गरेका छन् । एक अर्को समुह विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका बेला शुन्दरहरैँचाका युवाहरुले नेकपा प्रचण्ड-माधव पक्षको विरोधमा भैँसी पुजा गरेका हुन्।

स्थानीय गोविन्द गौतमको नेतृत्वमा स्वतन्त्र युवाहरुले प्रचण्ड र माधव नेपालको सद्बुद्धि आओस भन्दै सुन्दरहरैचा वडा नं. ५ मा सोमबार भैसी पुजा गरेका हुन । आफु प्रधानमन्त्री हुदा प्रचण्डले लक्ष्मी पुजाको गरेको भन्दै व्यंग्य गर्दै युवाहरुले भैंसी पुजा गरेका हुन ।

लक्ष्मी पुजा सरस्वती पुजाको सट्टा भैसी पुजाले मात्र प्रचण्ड-माधव नेपालको सद्वुद्धि आउने विश्वासमा भैसीको पुजा गरिएको गौतमले बताउनु भयो ।

देशलाई अस्थिरता तर्फ लैजान प्रचण्ड-माधव समुहले प्रधानमन्त्री ओलीलाई विवादमा पारेर सरकार ढाल्न खोजेको र प्रतिनिधिसभा विघटन गर्न उक्साएको गौतमले आरोप लगाउनु भयो । चुनाव मार्फत जनतामा जाने प्रधानमन्त्री ओलीको कदमलाई स्वागत गर्दै सो कदमको विरोध गर्ने प्रचण्ड-माधव समुहको बुद्धि पलाओस भनेर भैँसी पुजा गरिएको गौतमले बताउनु भएको खवर हाम्रो विराटनगर अनलाईनले लेखेको छ ।

Facebook Comments