Mon. May 18th, 2026

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाण्डूबाट ८० हजार यात्रु बाहिरिए

       
काठमाण्डू । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाण्डू उपत्यकाबाट आ- आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । 
निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।
काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका बताउनुभयो । 
Facebook Comments