Sat. May 30th, 2026

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना   

       

काठमाण्डू । नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको हाल कोशी, बागमती गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहान हुस्सु रहनेछ कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ

तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको कोशी, बागमती गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको

कोशी, बागमती गण्डकी प्रदेशका पहाडी भूभागका समेत एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको

महाशाखाका अनुसार राति तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ कोशी गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ कोशी गण्डकी प्रदेशका पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको कोशी गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको

Facebook Comments