Sat. Feb 21st, 2026

थाइल्यान्डको पार्कमा भाइरसका कारण दर्जनौँ बाघको मृत्यु

       

बैङ्कक । पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमण को कारण कम्तिमा ७२ वटा बाघको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्तिमार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास-प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरिया पत्ता लगाएको बताएको छ । बिरामी बाघमा भएको स्वास्थ्य समस्या अन्य जनावरमा भन्दा पत्ता लगाउन गाह्रो हुने जनाउदै परीक्षण गर्दा सम्म धेरै ढिलो भइसकेकाले उनीहरुको ज्यान बचाउन नसकिएको राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनमुङक्लानोनले स्थानीय मिडियालाई बताउनु भएको छ ।

टाइगर किङडम, पार्कको वेबसाइटमा उल्लेख भएका सूचनाका आधारमा बाघह समयमै परीक्षण र उचित औषधोपचारको अभावमा दुःख, र डरको बिचमा मृत्यु वरण गरेको पशु अधिकार सङ्गठन पेटा एसियालाई उदृत गर्दै एएफपीले जनाएको छ । रासस/एएफपी  

Facebook Comments

सम्बन्धित समाचार