Wed. May 6th, 2026

कतार र साउदी अरेबियाबीच सिमाना खोल्ने निर्णयको नेपालद्वारा स्वागत

       

काठमाडौं, २०७७ पुस २२ गते बुधबार

नेपाल सरकारले साउदी अरेबिया र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनःखोल्ने भएको निर्णयको स्वागत गरेको छ ।

खाडी सहयोग परिषद् (जिसिसी) को मङ्गलबार भएको शिखर बैठकबाट दुई देशबीचका सिमाना पुनःखोल्न गरिएको निर्णयलाई महत्वपूर्ण कदम भन्दै नेपाल सरकारले यसबाट परिषद्को सदस्य राष्ट्रका समाधान गर्न बाँकी मुद्दालाई निष्कर्षमा पुर्याउन तथा खाडी क्षेत्रको स्थायित्व र सहयोग प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रलयले बुधबार विज्ञप्ति जारी गरी परिषद्का सबै सदस्य राष्ट्रसँग नेपालको सुमधुर सम्बन्ध रहेको बताउँदै नेपाल सरकार र नेपाली जनताले खाडी क्षेत्रमा सधैँ शान्ति, प्रगति एवं विकासको कामना गरेका जनाएको छ ।

Facebook Comments